Search This Blog

Sunday, 8 January 2023

पहाड




अति मनोरम दृश्य, यी पहाडहरु ठीन्ग उभिएको देख्दा आफ्नो जीवन को संगर्ष केही होइन जस्तो लाग्छ| जीवनको कठिनाई पनि यहि पहाड जस्तै त होला एकदिन अवश्य नै काटिने छ| 

जब यस पहाड चढे पछिको आनन्द छ, त्यस ठाउँ बाट जुन समतलको दृश्य देख्छौ यति सबै कठिनाईहरुलाई पार गरेर यस गन्तव्यमा पुगे जस्तो लाग्छ र मन रमणीय हुन्छ त्यहि ठाउँमा बसी राखु जस्तो लाग्छ| 







Friday, 16 October 2020

दुधेको केही तस्वीरहरु

Dudhia - Bank of River दुधेको इतिहास

दुधे को इतिहास (Dudhia - Bank of River)
बादल विश्व 
प्रकाशित लालीगुराँस मासिक पत्र

ग्रामीण बुढा - पाकाद्वारा पाइएको जानकारी अनुसार , वर्तमान दुधिएको उत्तर पश्चिमबाट एउटा सानो खोला बालासन नदीमा मिसिन आइपुग्छ । जसलाई दुघे खोला भनी पुकारिन्थ्यो र अहिले पनि यो यसै नामले प्रचलित छ । यही दुधे खोलाको नामबाट वर्तमान दुधियाको नाम ' दुधिया ' भनी नामकरण गरिएको रहेछ । उक्त खोलामा कमेरो माटो बगाएर ल्याउँदा खोला दूघ नै सेतो रङ्गको देखिने भएर नै उक्त खोलाको नाम दुधिया रहेको थियो भनेर गाउँले बुडा - पाकाहरू जनाउदछन् । सन् १ ९ ५० भन्दा पहिले यस क्षेत्रमा ( वर्तमान दुधियामा मानिसहरू बसो - बासो गर्दै आएको कुनै प्रकारको प्रमाण नभएको र चारैतिर जङ्गल अनि घारी मात्र भएको उक्त क्षेत्रका केही वयोवृद्ध व्यक्तिहरूको भनाइ छ । यहाँ ६० - को दशक देखि मात्र मानिसहरूको बिस्तारै बसो बासो गर्न थालेको कुरा त्यहाँका स्थानीय बुढा - पाखाहरुले बताउँछन् । जसको लिखित होइन केवल प्रमाण मात्र प्राप्त छ । यस ठाउमा मानिसहरू पंखाबारी , सोनादा , रंगबुल , रम्फू र नेपालको ओखल हुँगा अनि अन्य ठाउँबाट पनि कामको खोजीमा आएका थिए । कयिपय मानिसहरूलाई रामवरण थापा भन्ने एउटा व्यक्तिले ल्याएका थिए । कतिपय आफै पनि आएर उसको पट्टाभएको जमिनमा बसोबासो गर्न थालेको र उसकै जमिनमा कुत अनि अघियामा १ खेती बारी गर्न थालेको बुढा - पाकाद्धारा जानकारी पाएको छ । रामवरण थापा एउटा जमिनदार जस्ता भै सकेको थिए त्यसैकारणले गर्दा उसको जमिनमा जति पनि बसेको छन् , त्यसलाई जमिन्दार - मित्ता भनिन चामिण पहाको डाक घरको वर्तमान नाम जमिन्दार भित्ता ने भनेर जानिन्छ । पहिले आउनेहरु जमिन्दार रामवरण थापाको जमिनमा बसिसकेका थिए । तर पनि आउनेहरु यता उता भटकी रहेका थिए । तिनीहरू आफ्नो परिवारसँग आएका थिए आफ्नो परिवारको निम्ति स - सानो झोपडी बनाएर मरदहरु कामको खोजीमा हिदाय भन्ने तथ्य त्यहाँका केही ज्यूँदो इतिहासहरूले बताएका छन् । तिनीहरू कामको खोजीमा सुकुना , पंखाचारी , पानी - पट्ट जस्ता ठाउँमा गएका र पक्खु लगाएर गोजीमा भातको दबा र हातमा चिया च्यापेर हिडेको तर पनि काम नपाएको जस्तो घटना अनि आर्थिक जीवनबारे त्यहाँका बुडा - पाकाहरुले जानकारी गराउँछन् । त्यही दुःख पिडा निरन्तर रुपले चलीरहदा , सही नसक्नु भए पछि , पीडित व्यक्तिहरुको झुण्ड बनाई केही व्यक्तिहरूले मिलेर पंखाचारी चिया बगानको जमिनमा दखल गरी बस्ने निर्णय लिएका थिए । त्यसरी नै लग भग २० देखि ३० परिवार जमिन दखल गरेर बस्दा पंखापारी चिया बगानका मालिकले पुलिस चौकीमा केश लगाइदिए जसपष्ठी उनीहरुलाई पक्डेर कानुनी कार्वाही गरियो । जानकारी अनुसार सन् १ ९९ ८ साले भल - पहिरोमा दुपिया बलासनमा टुलो भेल आउँदा सबै घर , जमिन खेती बारी सबै बगाएर नास पारेको थियो ।फेरि पछि त्यही जमिन मानिसहरुले दखल गरी बसो बासो गरेको अनि कालान्तरमा जमिनको पट्टा आ - आफ्नै नाममा गरेको बूढा - पाका जानकारी गराउँछन् । भने कतिका जमिन भने ६८ सालको प्राकृतिक विपदा पछि अहिले सम्म पट्टा नपाएको जानकारी पाइएको छ । त्यस समयमा राजनैतिक सोच अनि सहर्षमा धेरै सक्रिय रहेका केही जीवित इतिहास सरह व्यक्तिहरुको यही भनाइ छ । यहा बिस्तारै स्कुल , स्वास्थ्य केन्द्र , पञ्चायत , अइ सि डी एस , एस.एस.के , जस्ता सरकारी खोलिन थालिए । अनि विस्तार आर्थिक सुधार पनि हुँदै गएको कुरा गाउँलेहरु बताउँछन् । विस्तार पसल- बजार , बाटो घाटो , गाडी घोडा बढेर जानुसहीत स्थानीय मान्छेहरुको पनि जनसङ्ख्या बढ्दै गएको थाहा पाइएको छ । यहाँ हालमा ३ वटा आई.सी.डी.एस , २ वटा एस.एस.के , स्थापित भइसकेको छ । ( 1 : अघिया जमिनमा खेती गरिसकेपछी फसल उठाउँदा जमिन मालिक अनि कृषक माझ फसल आधा - आधा हिस्सामा बाडिने चलन )

पहाड

अति मनोरम दृश्य, यी पहाडहरु ठीन्ग उभिएको देख्दा आफ्नो जीवन को संगर्ष केही होइन जस्तो लाग्छ| जीवनको कठिनाई पनि यहि पहाड जस्तै त होला एकदिन अव...